
पूर्णपुष्टि, १० फागुन ।
त्रियुगा नगरपालिका वडा नं १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक दिने अभिमुखीकरण दिईएको छ । “श्रमको सम्मान राष्ट्रको अभियान” नारा सहित प्रधानमन्त्री रोजगार कार्यक्रमले न्युनतम रोजगगार नागरिकको अधिकार भन्दै अभिमुखीकरण दिईएको वडा अध्यक्ष मान वहादुर राईले जनाए । त्रियुगा नगरपालिका प्रधानमन्त्री रोजगार सेवा केन्द्रको आयोजनामा वडाको अति बिकट ठाउँ धौरी स्थित अभिमुखीकरण दिईएको हो । घरघरमा रोजगार सुचिकृतको लागि यस कार्यक्रमले सहयोग पुराउन कार्यक्रम गरिएको अध्यक्ष राईको भनाई छ ।

अध्यक्ष राईका अनुसार बिकट क्षेत्रका मानिसहरुले रोजगकारको लागि निति नियम तथा त्यसको आवश्यक प्रक्रियाहरु थाहा नपाउँदा रोजगारबाट बन्चित हुनु परेको जनाए । उनिहरुमाथीको थप आर्थिक संकट गरिबीको सिर्जनालाई न्युनिकरण गर्ने रोजगारबारे अभिमुखीकरण दिईएको हो । अभिमुखीकरणमा त्यहाँको करिब ७० जना युवाहरुल सहभागी थिए । सहभागी युवाहरुले अब रोजगारी बन्नका लागि आफुहरु सक्षम रहने जनाए ।

अभिमुखीकरणपछि उनिहरु उत्साहित बनेको छ । हरेक व्यक्तिहरु अनिवार्य रुपमा रोजगार तथा श्रम गर्न लागि पर्नुपर्ने आफुहरुमा चेतना बढेको युवाहरुले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमकी संयोजक निशा, घले शाखा अधिकृत विश्वजित राई र एक बहादुर राउतले अभिमुखी कार्यक्रलाई सहजीकरण गरेका थिए । अघिमुखीकरण सँगै वडा कार्यालयले सहकला आधारभुत विद्यालय धौरीका विद्यार्थीहरुलाई स्वास्थ्य परिक्षण गरी जुकाको औषधी पनि वितरण गरेको छ । यता बरुवा गार्मेन्टको सहयोगमा ३२ जना विद्यार्थीहरुलाई पोशाक (ट्याक सुट) पनि वितरण गरिएको छ । अध्यक्ष राईले यस वडालाई छिटै पूर्णखुपमुक्त वडा घोषणाको लागि पनि कामहरु भैरहेको जनाए । यस १६ नं वडा स्वास्थ्यको क्षेत्रमा निकै संवेदशल रुपले अगाढी बढिरहेको भन्दै त्रियुगा नगरपालिकालाई पूर्ण खोप मुक्त बनाउने अभियान अन्तर्गत वडामा यसको लागि बृहत कामहरु भैरहेको राईले जनाए ।


