
पूर्णपुष्टि, कार्तिक ४ । उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहामा जारी दोस्रो स्वर्गीय कौलाश (युवराज) राई फुटबल प्रतियोगिता २०८१ को दोस्रो खेलमा आयोजक बगाहा युवा समुहमाथि फ्युजन फुटबल क्लब बोक्सेले विजयी हासिल गरेको छ ।
आईतबार दिउँसो भएको खेलमा फ्युजनले बगाहालाई १–० गोल अन्तरले हराएको हो । फ्युजनको लागी खेलको २ औँ मिनेटमा जर्सि नं. १० का दिवश राईले गरेको गोल नै जितको लागी निर्णायक गोल बन्यो । यस खेलको म्यान अफ द म्याच फ्युजनका जर्सि नं. १० का खेलाडी दिबश राई बने । उनले नगद रु. १ हजार सहित फ्लेक्स र मेडल प्राप्त गरे । भोली (सोमबार) बेल्टार एकता युवा क्लब बिरुद्ध दुधौली स्पोर्टस क्लब सिन्धुली बिच खेल हुनेछ । यस प्रतियोगिताको विजेताले रु. ५१ हजार र उपविजेताले रु. ३१ हजार नगदसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । स्व. कैलाश राई युवा फुटबल खेलाडीहरुमाझ लोकप्रिय थिए । फुटवलमा रुची राख्ने राईको कामको शिलशिलामा करेन्ट लागी मृत्यु भएको थियो । कार्यक्षेत्रमा करेन्ट लागेर मृत्यु भएपछि उनको सम्झनामा गत वर्षदेखि यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।

