Friday, May 22News That Matters

गाईघाट देखि काकडभिट्टा जादै गरेको बस सप्तरीमा दुर्घटना हुँदा एक युवतीको मृत्यु, २६ जना घाइते

पूर्णपुष्टि, कार्तिक ४ । गाईघाटबाट काकडभिट्टातर्फ जाँदै गरेको हिमाली यातायात प्रालिको बस सप्तरीको कन्चनपुरमा आइतबार बिहान दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएका छन् ।

प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको पारुहाङ ट्राभलको बस बिहान ६–३० बजे कन्चनपुर नगरपालिकाको बर्मझियामा दुर्घटना भएको थियो । घटनामा उदयपुर निवासी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विपरीत दिशाबाट आउँदै गरेको स ५ प १५९३ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा बस दुर्घटनामा परेको हो । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि बिराटनगर रेफर गरिएको छ । अन्य घाइतेको स्थानीय धर्मेश अस्पतालमा उपचार भइरहेको छ ।