
पूर्णपुष्टि, भदौ ३० गते ।
धरानमा एक ६५ वर्षीया वृद्धाको हत्या गरी गरगहना लुट्पाट गरिएको छ । धरान उपमहानगरपालिका–२० स्थित चिन्डे डाककडा नजिकै रहेको टोडकेमा एक वृद्धा महिलाको गरगहना लुटी हत्या गरिएको हो ।
लुटेराको समूहले स्थानीय पुर्णिामाया राईको सुन तथा नगद लुटेर हत्या गरिएको आसंका गरिएको प्रहरीले जनाएको छ । ६५ बर्षिया पुर्णमाया एक्लै घरमा बस्ने गरेकोमा लुटेरा समूहले घाककटिमा लगाएको सुन र नगद लुटेर हत्या गरिएको हुन सक्ने इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउ प्रसाद लिम्बुले बताएका छन् ।
उनले मृतक महिला घरमा एक्लै बस्ने गरेको र घाटीमा र कानमा सुनका गहना लाउने गरेका कारण लुटेराहरूले हत्या गरेको हुनसक्ने लिम्बुले बताएका छन् । घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी बिहान घटना स्थल पुगेको हो ।
घटनाको स्थलगत मुचुल्का तयार गरी शव पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी निरीक्षक लिम्बुले बताए । प्रहरी निरीक्षक लिम्बुले हत्याबारे अनुसन्धान भइरहेको बताए ।
