Friday, July 17News That Matters

पहिरोमा परी ३ को ज्यान गयो

पूर्णपुष्टि, भदौ ३०
काभे्रमा पहिरोले पुरिएर ३ जनाको ज्यान गएको छ । बधबार रातिको समयमा खसेको पहिरोले पुँरिदा बेथानचोक गाउँपालिका(४ चलालका एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार ६५ वर्षीया ठूलीमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो भने उनका छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको घटनास्थलमै मृत्यु भएको हो । ठूलीमायाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको ढंगाखानी माथिबाट झरेको पहिरोले घर तामाङको घर पुरेको हो ।