
पूर्णपुष्टि, भदौ २९ गते ।
३५ वर्षीया महिलालाई करणी गरेको अभियोगमा २० वर्षीय एक जना युवक पक्रउ परेको छ । महिलाई करणी गरेको अभियोगमा प्रहरीले झापाको विर्तामोड नगरपालिका–२ बस्ने डम्बर तिम्सिनालाई मंगलबार पक्राउ गरेको हो ।
दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
