Wednesday, June 3News That Matters

धरानमा टेम्पो दुर्घटना हुँदा : चालकको मृत्यु, सवार महिला गम्भीर घाइते

पूर्णपुष्टि, वैशाख २ गते ।
सुनसरीको धरान–४ देबिथान स्थित कोशी लोकमार्गमा दुर्घटना हुँदा टेम्पो चालकको घटनास्थलमै ज्यान गएको छ, भने टेम्पोमा सवार एक महिला गम्भीर घाइते भएकी छिन् । टेम्पो चालक धरान –१७ बस्ने अन्दाजी ४०/४५ वर्षीय खड्ग बिकको घट्नास्थलमै ज्यान गएको १ नं प्रदेश ट्राफिक कार्यालय इटहरीले जनाएको छ । लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २ ह ७०४१ नं को टेम्पोलाई दक्षिणबाट उतर तर्फ जादै गरेको को १ ख ४४८० नम्बरको बसले ठक्कर दिदा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार टेम्पोमा सवार ताप्लेजुङ लिखुम –२ बस्ने १५ वर्षीया उषा लिम्बू गम्भीर घाइते भएकी हुन् । गम्भीर घाइते भएकी उषाको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
बस र चालक धनकुटा महालक्ष्मी–२ घर भई हाल धरान–१७ बस्दै आएका ४५ वर्षीया गोबिन्द कटुवाललाइ इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको धरान प्रहरीले जनाएको छ । दुर्घटना तीव्र गतिका कारण भएको र चालकले माद्यक पदार्थ सेवन नगरेको प्रहरीको भनाई छ ।