
पूर्णपुष्टि, वैशाख २ गते ।
त्रियुगा नगरपालिकामा आउँदो स्थानीय चुनावका लागि कांग्रेस एक्लै लड्न काफी रहेको भन्दै गठबन्धन नगर्न ध्यानकर्ष पत्र बुझाएको छ । शुक्रबार कोईराला पक्ष रहेका कांग्रेस नेता बसन्त बस्नेत सहितका नेताहरुले जिल्ला सभापति हिमाल कार्कीलाई रुखमा मात्र भोट हाल्न पाउनु पर्ने माग सहित पार्टी कार्यालयमा ध्यानाकर्षण बुझाएको हो । करिब १ सयजनाको उपस्थितिमा काङ्ग्रेसले सो पत्र बुझाएको छ । ।
यस्तै, त्रियुगामा काङ्ग्रेस बलियो भएकाले गठबन्धन नगरी चुनाबमा जानपाउनुपर्ने आशय व्यक्त गरिएको छ । ध्यानाकर्षण पत्र पेश गर्दै नेता वसन्त बस्नेतले यो नगरमा एकलै चुनाब जित्न सकिने बताएका थिए । पत्र बुझ्दै सभापति हिमाल कार्कीले केन्द्रको निर्णयनुसार गठबन्धन हुने बताए । उनका अनुसार काङ्ग्रेसलाई फाइदा हुने गरिमात्र तालमेल हुने भन्दै कार्यक्रतालाई आश्वस्त पार्ने कोसिस गरेका थिए ।
