
पूर्णपुष्टि, बैशाख १८ । मोरङको विराटनगर महानगरपालिका–१३ स्थितबाट नक्लली नोट सहित १ जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार मंगलबार एक किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको संका लागी पसल धनीले प्रहरीलाई खवर गरेको थियो । खबर प्राप्त भएसँगै तत्काल इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनकोकोसाथबाट ५ सय दरको ७ वटा नक्कली भारतीय नोट र ३ हजार १ सय नेपाली रुपैँया सहित नियन्त्रणमा लिएको हो । नक्कली नोट सहित पक्राउ परेकी उनको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको प्हरीले जनाएको छ ।
