Wednesday, June 10News That Matters

नक्कली परीक्षार्थी बनि लाइसनको परीक्षा दिने युवा पक्राउ

पूर्णपुष्टि, साउन २३ गते ।
नक्कली परीक्षार्थी बनि सावारी चालक अनुमति पत्रको परीक्षा दिने एक युवक भक्तपुरबाट पक्राउ परेको छ । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० घर भएका २१ वर्षीय सुजन भट्टराई पक्राउ परेको हो ।
मध्यपुर ठिमी नगरपालिका–९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परिक्षामा उनले ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिएका प्रहरीले जनाएको छ ।
उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।