
पूर्णपुष्टि, साउन २३
सुनसरीमा लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहनगरपालिका ४ बस्ने २७ बर्षीया सृजना ओझा, सोही स्थानका २८ बर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भुमी गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी वस्ने ३४ बर्षीय विर्त सिंह राई र उनको श्रीमती ३५ बर्षीया पवित्रा राई रहेका छन् ।
ब्राउन सुगरको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी उपमहानगरपालिका ६ स्थित भाटे एण्ड खाजा घरबाट ब्राउन सुगर १ ग्राम १५० मिलि ग्राम र ७ हजार नगद सहित सृजना ओझा र सुशान्त घिमिरेलाई पक्राउ गरिएको थियो ।
अनुसन्धानको क्रममा उनिहरुले ब्राउन सुगर बिर्त सिंह राई र उनिकी श्रीमती पबिता राईबाट खरिद गरेको खुलेको हो । प्रहरी टोलीले बिर्त सिंह राईलाई ईटहरी उपमहानगरपिका ५ स्थितमा फेला पारी शरिर तलासी लिंदा ६ ग्राम ७६० मिलग्राम ब्राउन सुगर सहित राईलाई नियन्त्रणमा लिएको हो ।
राई दम्पतीको डेरामा खानतलासी लिदाँ करुवा भित्र लुकाई राखेको अबस्थामा ३३ ग्राम ९० मिलग्राम ब्राउन सुगरफेला परेको हो, भने डिजिटल तराजु र २७ हजार ३ सय नगद समेत प्रहरीले बरामद गरेको छ । लागुऔषध कारोबारमा समंलग्न रहेका चारै जनालाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय ईटहरीबाट अनुसन्धान भईरहेको छ ।
