Wednesday, June 10News That Matters

मोटरसाईकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

पूर्णपुष्टि, साउन २३

झापाको बुद्धशान्ति गाउँपालिका–२ रबरबगान स्थित भित्रि सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिका–७ बस्ने ६२ बर्षीया लक्ष्मीमाँया कार्की रहेकी छिन् ।आइतबार बेलुका ५ बजे जयपुरबाट शनिश्चरे तर्फ जादै गरेको प्रदेश १–०१–०१५ प २५३४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार झापा अर्जुनधारा नगरपालिका–७ बस्ने ६२ बर्षीया लक्ष्मीमाँया कार्की गम्भिर घाईते भएकी थिईन् । उनको उपचारको लागि B&C अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको थियो । मोटरसाईकल चालक ४४ बर्षीय सुमन कार्कीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको छ ।