Friday, July 3News That Matters

नख्खु कारागारबाट फरार हाडनातामा जबरजस्ती करणी मुद्दाका कैदी उदयपुरबाट पक्राउ

पूर्णपुष्टि /उदयपुर, १९ असार ।
हाडनातामा जबरजस्ती करणी मुद्दामा २३ वर्ष कैद र ७ लाख ५० हजार रुपैयाँ जरिबाना सजाय पाएका एक फरार कैदी उदयपुरबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले शुक्रबार बिहान अस्थायी प्रहरी पोस्ट चुहाडेबाट प्रहरी खटाई २६ वर्षीय कैदी (नाम गोप्य) लाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ती कैदी २०८२ साल भदौ २४ गते भएको देशव्यापी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका थिए ।
उनीविरुद्ध ललितपुर जिल्ला अदालतले हाडनातामा जबरजस्ती करणी मुद्दामा २३ वर्ष कैद र ७ लाख ५० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो ।
पक्राउ परेका फरार कैदीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला कारागार कार्यालय उदयपुरमा बुझाइएको प्रहरीले जनाएको छ।