Thursday, May 21News That Matters

नगरपालिकाको बेतिथी बिरुद्ध बेल्टारमा जुलुस प्रदर्शन, मेयर कालु लामाको राजीनामा माग

पूर्णपुष्टि,वैशाख २१ ।
चौदण्डीगढी नगरपालिकाले बेतिथि मच्याएको भन्दै सरोकारवालाको सर्वपक्षीय, सर्वदलीय समूहले बेल्टार बजारमा जुलुस प्रदर्शन गर्दै मेयरकालुमान लामाको राजीनामा माग गरेका छन् । नगरमाकर्मचारी नियुक्तीमा घुसकाण्ड बाहिरिएको, राजनिति नियुक्त बढेको, सेवा प्रवाह प्रभावकारी नभएको, नदिजन्यपदार्थ उत्खनमा हिना मिना, जग्गा नापीको काम अगाडि नबढाएको, कृषि र पशुको कार्यक्रममा कमिसन लिइ एनजिओलाई सम्पेको लगायतका आरोप छ । तत्काल वेतिथि रोक्न कदम नचालिए बजार बन्ददेखि पालिका तालाबन्दी र आमहड्ताल सम्मको आन्दोलन गर्ने जनाएका छन् । केहीदिन अघि मेयर लामाका स्वकीय सचिवले जागीरको आश्वसनमा चारजनाबाट डेड लाखको दरले घुुस लिएको अडियो सार्बजनिक भएको थियो । उनिहरुले नगरपालिकाको बेतिथि बढाउने जिम्मेवारी व्यक्ति कालुमान लामाले तत्काल राजिनामा दिनु पर्ने समेत अडान राखेका छन् ।