Thursday, April 23News That Matters

नगरपालिकाले समयमा फोहोर नउठाएको भन्दै बेल्टारमा स्थानीयको बिरोध

पूर्णपुष्टि, १८ जेष्ठ ।
चौदण्डीगढी नगरपालिका स्थित रहेको बेल्टार बजारको मुख्य सडकहरुमा फोहोरको डँगुर थुप्रिएको छ । नगरले समयमा फोहोर नउठाएको भन्दै स्थानीय तथा बजार आसपासको ब्यपारीहरुले फोहोर सडकमा राखेर बिरोध जनाएको छ । फोहोर व्यवस्थापनका लागि दिर्घकालिन समाधान नहुँदा समस्या आएको भन्दै नगरले फोहोर व्यवस्थापन गर्न नसकेको जनाएको छ । नगरले बिषेशगरी बजार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको जनाएको छ ।

रजनिती दल, वडा अध्यक्षहरु संग पटक पटक छलफल र संवाद गरेको भएपनि दीर्घकालीन ब्यबस्थापन अवलम्बन नहुदा बजार क्षेत्रको फोहोर ब्यबस्थापनमा समस्या हुँदै आएको नगरको भनाई छ । यता स्थानीयहरुले भने दिगो समधान नभए सम्म फोहोर उठाउन नदिने जनाए । सिमित समयको लागि केहि समय मात्रै फोहोर उठाएर नहुने यसका लागि दिर्घकालिन समाधान लिएर नगरले फोहोर व्यवस्थापन गर्नु पर्ने उनिहरुको अडान छ । फोहोर व्यवस्थापनमा सँधैको लागि समधान लिएर फोहोर उठाउन आउन स्थानीयहरुको आग्रह छ । नत्र फोहोर यतावथ सडकमै रहने उनिहरुले जनाए ।