
पूर्णपुष्टि, असोज ५
अमेरिकाको नक्कली भिसा देखाएर बिभिन्न प्रलोवनमा पारी युवती विवाह गरेको आरोपमा उदयपुरका एक युवालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ ।
नक्कली भिसा देखाएर अमेरिका लैजाने भन्दै ललाई फकाई विवाह गरेको आरोपमा रौतामाई गाउँपालिका– ७ मुर्कुचीका २४ वर्षीय सुदिप कार्की ढोलीलाई प्रहरीले पक्राउ गरेको हो ।
ढोलीले स्टाफ नर्स पढ्दै गरेकी युवतीलाई अमेरिका जाने भिसा लागेको भन्दै विभिन्न प्रलोभनमा पारेर बिहे गरेको बारे प्रहरीमा उजुरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।
प्रहरीका अनुसार उनले थर समेत लुकाएर युवती विवाहमा सक्रिय रहेको खुलेको जनाएको छ । दलितभित्रको कार्की ढोली भएता पनि उनले थर लुकाउने गरेको प्रहरीले जनाएको छ । (डिएसपी) गौतमले केटीका आफन्तले केटो कार्की नभएर दलित भित्रको कार्की ढोली भएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए ।
आरोपित कार्की ढोलीलाई सोमबार अभद्र ऐनअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ भने अहिले केटीलाई अभिभावकको जिम्मा लगाएको छ ।
