Sunday, April 19News That Matters

नेकपा (एकीकृत समाजवादी) बाध्यता होइन, ऐतिहाँसिक आवश्यकता हो ः ईन्चर्जा बस्नेत

पूर्णपुष्टि, असोज ४
नेकपा (एकीकृत समाजवादी) पार्टीका १ नं प्रदेश ईन्चार्ज तथा केन्द्रिय सदस्य घनेन्द्र बस्नेतले पार्टी बिभाजन अवस्था नभई यो ऐतिहाँसिक आवश्यकता रहेको बताए ।
अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न उदयपुर आएका बस्नेतले होटल कोबहरमा पत्रकार सम्मेलमा बोल्दै अहिले पछिल्लो राजनितिक घटनाका चर्चा र भ्रम बारे (एकीकृत समाजवादी) पार्टीलाई अवस्थाले जन्माएको भनिरहे पनि आफुलाई भने बिल्कुलै त्यस्तो नलागेको बताए ।

कम्युनिष्टहरुको योगदान र खराब कम्युनिष्टहरुको पत्तासाफको लागि एकीकृत समाजवादी वास्तावमै ऐतिहाँसिक आवश्यकता रहेको उनले ब्याख्या गरे । बस्नेतले कम्युनिष्ट भनेको मजदुर, किसान, श्रमिक र नेपाली जनताहरुको हितमा हुनु पर्ने बताए । उनले भने” हाम्रो नारानै संसारभरीका श्रमीकहरु एक हौँ” भन्ने छ, कयौँ कम्युनिष्टहरु पुँजीवाद र अवसरवादका कारण कम्युनिष्टको नाममा मात्रै सिमत रहेको बताए । पछिल्लो समय एमाले पुँजीवाद र दलालहरुको दलदलामा फसिँसकेको समेत आरोप लगाए । समाजवादी पार्टी एमाले जस्तो दलाल र भस्टचारहरुको बिषयमा प्रष्ट बिद्रोह गर्ने ऐतिहाँसिक पार्टी रहेको समेत उनले संचाकर्मीहरुलाई बताए ।
ईन्चार्ज बस्नेतले पार्टी बिभाजनको मुख्य पात्र केपी ओली नै रहेको समेत बताए । ओलीकै पालामा बैशाखमा ल्याएको पार्टी संसदिय दल बिभाजन सम्बन्धि अध्यायदेश केपी ओलीले पार्टी फुटाउनकै लागी ल्याएको उनले बताए ।