केपी ओलीको एमाले दलाल र अवरवादीहरुको पार्टी ः प्रवक्ता खतिवडा

पूर्णपुष्टि, असोज ४
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय प्रवक्ता जगन्नाथ खतिवडाले एमाले पार्टीमा दलाल र अवसरवादीहरु मात्र रहेको जनाएको छ । एमाले बिभाजन पछि माधव नेपाल नेतुत्वको पार्टी नेकापा (एस) का केन्द्रीय प्रवक्ता बनेका खतिवडाले एमालेमा जाने नेता तथा कार्यकर्ताहरु अवसरवादी बनेको बताए ।
एमालेमा ओली प्रबृतिहरु प्रसस्त हुँदा हुँदै पनि नेता तथा कार्यकर्ताहरुले एमाले रोज्नुमा पदको लोभ र अवसरवादीको संकेत देखिएको खतिवडाको भनाई छ ।
खतिवडाले एमाले जनतावादी भन्दा पनि पुँजीवादी, दलाल र भ्रस्टचार बनिरहेको आरोप लगाए । यति देख्दा देख्दै पनि नेता कार्यकर्ताहरुले एमाले नै रोज्नुमा अवसरावादी र पदको लोभको मुख्य कारण रहेको बताए ।
उनले एकीकृत समाजवादी पार्टी जनताहरुको सबै भन्दा विश्वासनीय पार्टी रहेको समेत दावी गरे । ओलीको पार्टीमा अवसरवादीहरु मात्रै रहेकाले अवसरवादी नेताहरुले जनताको हितमा कुनै पनि हिसावले नसोच्ने बताए । उनले जनताको हितमा कम्युनिष्ट पार्टीको निम्ति ठुलो योगदान पुराउँदै राम्रो काम गर्ने र एमाले जस्ता खराब कम्युनिष्टको लागि बिद्रोह स्वरुप नेकपा (एकीकृत समाजवादी) पार्टीको जन्म भएको समेत बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0