
पूर्णपुष्टि, फागुन २६ । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । घिमिरेले पौडेकलाई उनको निजी निवास बोहोराटारमा भेटेका हुन् ।
सो भेटमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाईसँगै कार्यकालको सुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४६ औं सम्मेलनमा भाग लिन बहराइन जानुपर्ने हुँदा सोहि कारण राष्ट्रपति पौडेलको शपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्ने जानकारी दिएका थिए ।
