Wednesday, May 20News That Matters

प्रधानमन्त्री पचण्ड र बेलायती विदेशराज्यमन्त्री बिच भेटवार्ता

पूर्णपुष्टि, फागुन २६ । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) र बेलायती बिदेशमन्त्री एनमरी ट्रेभेलियनल बिच भेटवार्ता भएको छ । सो भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो ।

भेटमा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा कुरा भएको काठमाडौंस्थित बेलायती राजदूतावासले जनाएको छ । नेपाल–बेलायत मैत्री सन्धि–१९२३ एक सय वर्ष पुरा भएको छ । सोही उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलले नेपाल भ्रमण गरेकी हुन् ।

यस क्रममा उनले अरुण तेस्रो परियोजना पनि अवलोकन गरेकी थिइन् । उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको छ । राज्यमन्त्री ट्रेभेलियनलको भ्रमणको दौरान सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले बिहीबार एक कार्यक्रमसमेत आयोजना गरेको थियो ।