
पूर्णपुष्टि, माघ २४ गते । माओवादीबाट नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा उपाध्यक्ष अर्यालले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ ग्रहण गरेकी हुन् । सोमाबार अर्याल निर्विरोध रुपमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
