
२२ माघ, २०८२ । उदयपुर
एघारौँ नारदमुनि थुलुङ स्मृति गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पियन सहलेस क्लब सिराहाले नै हात पारेको छ।
द यङ ब्रदर्स क्लब सुनसरीलाई २ को विरुद्ध ५ गोल गर्दै सहलेस दोस्रो पटक पनि च्याम्पियन बनेको हो । द यङ ब्रदर उपविजेता बनेको छ।
जितसँगै सहलेसले नगद ५ लाख रुपैयाँ उपविजेता यङ ब्रदर सुनसरीले ३ लाख प्राप्त गरेको छ। विजेतालाई चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा र नेपाल प्रहरीका पूर्व एआइजी टेक प्रसाद राईले पुरस्कार प्रदान गर्नुभयो । खेलको १ मिनेटभित्रमै सहलेसका जर्सी नम्बर ५ का विदेशी खेलाडी अब्दुलले पहिलो गोल गरेका थिए। उनले खेलको ६४ औँ मिनेटमा अर्को १ गोल थपेका थिए । सहलेसका लागि अर्को गोल २२ औँ मिनेटमा जर्सी नम्बर १० का विकी चाम्लिङ राईले गरेका थिए। उनैले ८२ औं मिनेटमा एकगोल थपे ।
खेलको ३८ औँ मिनेटमा जर्सी नम्बर १३ का अनिल पाँचे मगरले गोल गरे ।
खेलको तीसौँ मिनेटमा यङ ब्रदरको तर्फबाट विदेशी खेलाडी जर्सी नम्बर १० का फोफोनाले गोल गरे । उनले लङ्ग सुट प्रहार गरेर उत्कृष्ट गोल गरेका थिए। खेलको ६०औ मिनेटमा उनैले अर्को १ गोल थपेका थिए । टिमका लागि २ गोल गर्ने उनी एकमात्र खेलाडी बने ।
हाफटाइम अगाडि नै ३ – १ गोलले अग्रता लिएको सहलेसको पुरै खेलमा दवदवा रह्यो ।
सहलेसले क्वाटर फाइनलमा दमक झापालाई पराजित गरेको थियो भने सेमिफाइनलमा एपीएफ काठमाडौँलाई पराजित गरेको थियो ।
यङ ब्रदरले क्वाटर फाइनलमा आयोजक बसाहालाई पराजित गरेको थियो भने सेमीफाइनलमा न्यु त्रियुगा स्पोर्ट्स क्लब सप्तरीलाई पराजित गरेको थियो।
फाइनल खेलको म्यान अफ दि म्याच चलेसका जर्सी नम्बर ५ का विदेशी खेलाडी अब्दुल भए।
प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी सहलेसका असिम राई भए । उनले ७००० नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक सहलेसका सागर मगर भए ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता सहलेसका विकी चापलिङ राई भए।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता
उत्कृष्ट मिटफिल्डर सहलेशका सुनिल खड्का भए ।
उत्कृष्ट डिफेन्डर सहलेसका सबिन घिमिरे भए ।
उत्कृष्ट फरवार्ड खेलाडी यङ ब्रदरका विदेशी खेलाडी फोफोना भए ।
प्रतियोगिताको उदयमान खेलाडी बसाहा क्लबका नम्मुहाङ राई भए।
विभिन्न विधाका यी उत्कृष्ट खेलाडीहरूले पाँच-पाँच हजारका दरले पुरस्कार प्राप्त गरे।
ऐतिहासिक व्यक्तित्व प्रजातान्त्रिक सेनानी स्वर्गीय नारदमुनि थुलुङको स्मृतिमा बसाहा क्लबले खेलाइँदै आएको गोल्डकप उदयपुरकै प्रतिष्ठित प्रतियोगिता हो । चौदण्डीगढी नगरपालिकाको विशेष सहयोग तथा देशविदेशमा रहेका विभिन्न व्यक्तित्व संघसंस्थाहरूको सहयोग रहेको छ।
