
१९ माघ, २०८२ । उदयपुर
उदयपुरको बसाहामा जारी नारदमुनि थुलुङ स्मृति गोल्डकपको आजको सेमीफाइनल खेलमा न्यु त्रियुगा स्पोर्ट्स क्लब सप्तरीलाई यङ ब्रदर फुटबल क्लब सुनसरीले ० को विरुद्ध १ गोल गर्दै फाइनल पुगेको हो।
यङ ब्रदर्सका जर्सी नम्बर १९ का विदेशी खेलाडी कालुले २२ औ मिनेटमा पहिलो गोल गरे । सेकेन्ड हाफ सुरु भए लगतै गेमको ४१ औ मिनेटमा उनैले अर्को गोल थपेका थिए । टिमका लागि दुई गोल गरेर उनले जित दिलाए । आजको म्यान अफ दि म्याच उनी नै घोषित भए ।
भोलिको खेल सहलेस युवा क्लब सिराहा र एपीएफ काठमाडौँ बीच हुनेछ।
