Sunday, April 19News That Matters

नारदमुनी थुलुङ गोल्डकप : सहलेस क्लव सिरहा फाइनलमा, २२ गते द यङ ब्रदर्स क्लब सुनसरीसँग फाइनल खेल्ने

२० माघ, २०८२ । उदयपुर
उदयपुरको बसाहामा जारी नारदमुनि थुलुङ स्मृति गोल्डकपको आजको अन्तिम सेमीफाइनल खेलमा सहलेस युवा क्लब सिराहाले  एपीएफ काठमाडौँलाई ० को विरुद्ध १ गोल गर्दै फाइनल पुगेको छ ।
सहलेसका जर्सी नम्बर १० का खेलाडी बिकी चामलिङ राईले २६औ मिनेटमा पहिलो गोल गरे । सोही गोल जितका लागि निर्णायक गोल बन्यो । खेलको पुरै अवधि एपिएफले गोलको प्रयास गरेपनि विफल रह्यो । तीन विदेशी खेलाडी सहितको सालेसको सुरुदेखि नै दबदबा थियो ।
आजको म्यान अफ दि म्याच सहलेसका गोलकर्ता जर्सी नम्बर १० का विकि चाम्लिङ राई घोषित भए । उनले पाँच हजार नगद पुरस्कारसहित ट्रफी पाए।
२२ गते फाइनल खेल द यङ ब्रदर्स क्लब सुनसरी र सहलेस क्लब सिराहा बीच हुनेछ ।
सहलेश डिफेन्डिङ च्याम्पियन हो । गत बर्ष झापा ११ लाई पराजित गरी च्याम्पीयन बनेको थियो ।