
२० माघ, २०८२ । उदयपुर
उदयपुर निर्वाचन क्षेत्र न १ का स्वतन्त्र उम्मेदवार डा. देवराज रोका (कल्याण राेका)ले एक राजनीतिक दलकाे चुनावी समर्थन पाएका छन् । नेपाल कम्युनिस्ट पार्टी संयुक्तले डा. देवराज रोकालाई समर्थन जनाएको हो ।
निर्वाचनमा भाग लिएको सो पार्टीले अन्य जिल्लामा उम्मेदवार उठाए पनि उदयपुरमा पार्टीको उम्मेदवार मनोनयन नगरिएकोले स्वतन्त्र उम्मेदवार रोकालाई समर्थन जनाएको आज जारी विज्ञप्तिमा जनाएकोछ । डा. रोका बौद्धिक व्यक्तित्व, लामो समय मार्क्सवादी राजनीतिक आन्दोलनमा रहेकाले उनलाई विजय गराउन प्रचारप्रसारदेखि सम्पूर्ण निर्वाचन कार्यक्रममा सहभागी गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो पार्टीले समानुपातिकतर्फ भने आफ्ना उम्मेदवार कुलबहादुर बस्नेतलाई चुनाव चिन्ह हसियामा मतदान गर्न अपिल गरेको छ । पार्टीका जिल्ला संयोजक यादव पोखरेलले भ्रष्टाचार र वेथितिको विरुद्धमा पार्टी लागेको, पार्दशिता र राष्ट्रिय एकताको पक्षमा रहेकोले बौद्धिक ब्यक्तित्वलाई समर्थन गरेको बताए ।

