Sunday, May 3News That Matters

नियमविपरिद सवारी चलाउनेलाई कार्वाही गर्ने ट्राफिक प्रहरी उदयपुरको चेतावनी

पूर्णपुष्टि, ११ चैत्र ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले होलीको बेला जथाभावी सवारी नचलाउन अनुरोध गरेको छ । यदि नियमविपरिद सवारी चलाउने र होहल्ला गरेमा कडा कार्वाही गरिने जनाईएको छ । ट्राफिक इन्चार्ज श्याम सुन्दर पोखरेलले ट्राफिक नियम पालना गरी सवारी चलाउनु पर्ने भन्दै नियममा रही सवारी साधनको प्रयोग गर्न अनुरोध गरेको छ ।

बिगतमा होलीमा घटेको दुर्घटनाले मानवीय क्षेतीको मध्य नजर गर्दै वर्तमान होलीमा भने त्यस्तो अवस्था नहुनका लागि सभ्य र भव्य रुपले होलीमा सवारीको प्रयोग गर्न अनुरोध गरेको छ । तिव्र गती, हेल्मेट नलगाउने, क्षमता भन्दा बढी यात्रु, मापासे तथा लापासे र दुई जना बढी मोटरसाईकलमा मान्छे चढाउने जस्ता कार्य गरी सवारी नचलाउन ट्राफिक प्रहरी कार्यालय उदयपुरले अनुरोध गरेको छ । ट्राफिक प्रहरीले भोली गाईघाट बजारमा मुख्य तया सुरक्षा र चेकिङको कामलाई तिव्रता दिने छ ।