Sunday, May 3News That Matters

होलीमा उछ्रिङ्खल मच्चाउनेलाई कार्वाही गर्छौ : उदयपुर प्रहरी

पूर्णपुष्टि, ११ चैत्र ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले २०८० को फागु पूर्णिमा होलीको लागि सुरक्षा संमयन्त्र पूर्ण रुपमा तयारी रहेको जनाए । यहि चैत्र ११ र १२ गते रहेको होलीलाई सुरक्षीत तथा मर्यादित बनाउन उदयपुर प्रहरीले सुरक्षा परिचालन गर्ने जनाएको छ । उदयपुरका प्रहरी नायव उपरिक्ष (डिएसपी) हरिनन्दन चौधरीका अनुसार उदयपुर प्रहरीले होली पर्वलाई मर्यादित पार्न सबैखाले सुरक्षाहरु तयारी गरेको छ । गाईघाट बजार क्षेत्रहरुमा सरक्षा परिचालन गरी भिँडभाँडमा हुने गलत क्रियाकलापहरुलाई प्रहरीले नियन्त्रण गर्ने उनले जनाए । प्रहरीले होलीलाई सभ्य र भव्य वनाउन सबैलाई अनुरोध गरेको छ ।

सबैले सचेत भएर होली पर्व मनाए पर्वको उच्च सम्मान र मनोरञ्जनको सदुपायोग हुने भन्दै सव्य होली भव्य होलीको रुपमा मनाउन अनुरोध गरे । कसैको इच्छा बिपरिद रंग, लोला, पानी छ्याप्ने काम नगर्न प्रहरीको अनुरोध छ । प्रहरीले सवारी साधनको पनि उचित सदुपयोग र नियम रहित हिसावल चलाउन भनेका छन् । होलीमा लापर्वाही र उछ्रिङ्खल गतिविधि गर्नेलाई  हदै सम्मको कार्वाही गर्ने समेत चेतावनी दिएको छ । गाईघाटमा बिषेशगरी भोली (सोमवार) भव्य रुपमा होली मनाउने छ । आईतबार पहाडी जिल्लाहरुमा होली मनाईने छ भने मधेशमा सोमवार होली पर्व परेको छ ।