Friday, May 15News That Matters

निर्देशन कार्यान्वयन भए नभएको बारे बुझ्न २० जिल्लाका सिडियोहरुलाई गृहको फोन

पूर्णपुष्टि, माघ १५
गृहमन्त्रालयले २० जिल्लाका सिडियोहरुलाई फोन गरेर गृहको निर्देशन कार्यन्वयन भए नभएको बारे बुझेको छ । गृहमन्त्री बालकृष्ण खाणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गर्दै जिल्लामा कोभिड(१९ संक्रमण, शित लहरको अवस्थालगायत बारेमाजानकारी लिएका हुन् ।

सरकारले गत मंसिर १ गते रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शितलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो। त्यो निर्देशनको कतिको कार्यान्वयन भयो भनेर मन्त्री खाणले जानकारी लिएका थिए । खाणले शनिबार बिहान फोन गरी सिडिओहरूलाई सितलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे पनि सोधेका थिए ।

त्यस्तै, सीमा नाकाबाट आउने नागरिकमा कोभिडको संक्रमणबारे पनि मन्त्री खाणले जानकारी लिएका थिए । इलामका प्रजिअ माधवप्रसाद ढुंगानाले सीमाबाट आएका नागरिकमा कोभिडको संक्रमणको अवस्था, निको हुनेहरूको दर, विद्यालय सञ्चालनबारेको अवस्था कस्तो छ भनेर मन्त्री खाणले जानकारी लिएको बताए । गोरखा र रसुवाका प्रजिअलेले हिमपातबाट बच्न नागरिकलाई न्यानो कपडा वितरण, कोभिड संक्रमणको अवस्था र शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले टेलिफोनबाट जानकारी लिएको बताए ।