Wednesday, June 3News That Matters

निर्वाचन आयोगद्धरा तालिका सार्बजनिक

पूर्णपुष्टि, वैशाख ९ गते ।
स्थानीय तहको निर्वाचन सर्ने हो कि भने हल्लाका बिभ निर्वाचनको मिती नजिकिएसंगै त्यो हल्ला मै सिमित भएको छ । स्थानीय तहको निर्वाचनको तालिका निर्वाचन आयोगले सार्बजनिक गरेको छ । जसानुसार हिजो बैसाक ८ गते देशैभरी निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि दुई दिनको समय वैशाख ११ र १२ गते छुट्याएको छ । सोही दिन निर्वाचन कार्यालयले कार्यालय समयपछि मनोनयन गरेका उम्मेदवारको सूचि प्रकाशन गर्नेछ ।
वैशाख १३ गते उमेदवारको बिरुद्दमा उजुरी दिन समय छुट्याइएको छ । वैशाक १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र प्राप्त उजुरी उपर छानबिन गर्ने गरी निर्णय गर्ने छ । सो पश्चात् कार्यालय समय पश्चात उमेदवारको नामवली प्रकाशन गर्नेछ ।
वैशाख १६ मा उम्मेदवारलाई आफ्नो नाम फिर्ता लिन चाहेको खण्डमा उम्मेदवारी फिर्ता लिने समय दिइएको छ । १६ गते नै उमेदवारको अन्तिम नामावली कार्यालयले प्रकाशन गर्नेछ । यस्तै वैैशाख १७ गते उमेदवारलाई चुनाब चिन्ह प्रदान गर्ने छ । यो संगै उमेदवारले आफ्नो चुनाब चिन्हमा मत माग्न बाटो खुल्नेछ ।
यस्तै, वैशाख २७ गते राती १२ बजेपछि मौन अबधी शुरु हुन्छ भने वैशाख ३० गते बिहान ७ बजेदेखी मतदान शुरु भै बेलुकी ५ बजेसम्म मतदान हुने तालिका निर्वाचन कार्यालयले सार्बजनिक गरेको छ ।