Friday, May 22News That Matters

निर्वाचन आयोगद्धारा उपनिर्वाचन पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति

पूर्णपुष्टि, चैत्र २९ । आगामी बैशाख १० गते बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उपनिर्वाचन अनुगमन गर्न ६ संस्थालाई अनुमति दिईएको छ ।

निवार्चन आयोगले उपनिर्वाचन अनुगमन गर्न राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्वन्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाललाई अनुमति दिएको छ । प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ती संस्थाबाट निर्वाचन क्षेत्र खुलाई सिफारिस भएर आउने पर्यवेक्षकले आयोगबाट पर्यवेक्षकको अनुमतिपत्र पाउने छ ।