Friday, April 17News That Matters

निवर्तमान जिसस प्रमुख दर्नाललाई आज श्रीमतीले मृगौला दिदै

पूर्णपुष्टि/उदयपुर, असोज २ ।
जिल्ला समन्वय समिति, उदयपुरका निवर्तमान प्रमुख खड्गबहादुर दर्नालको आज मृगौला प्रत्यारोपण हुदैछ । उनकी बहिनी प्रमिला दर्नालका अनुसार शहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा आज विहान ९ः०० बजेदेखि उनको प्रत्यारोपण सुरु भएको छ । उनलाई श्रीमती बिनिता दर्लानले मृगौला दिएकी हुन् । बरिष्ठ ट्रान्सप्लान्ट सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वको चिकित्सक टोलीले मृगौला प्रत्यारोपण गर्ने जनाइएको छ । प्रेस विज्ञप्तीसमेत जारी गर्दै उनकाे प्रत्याराेपण हुनेबारे जानकारी दिइएकाे छ ।