Friday, June 12News That Matters

नेपालटारमा कार दुर्घटना, एककाे मृत्यु चार घाईते

पूर्णपुष्टि, जेठ ३ ।  मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरकाे उदयपुरगढी गाउँपालिकाकाे नेपालटारमा केही समयअघि दुर्घटना हुदा एकजनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने चारजना घाईते भएका छन् ।      बिरगन्जबाट धरान हिनेको ०२५ च ७८१९ नम्बरकाे सेताे कार दुर्घटना भएकाे स्थानीय सन्ताेष निराैलाले जानकारी दिए । कारमा सबार ५ जना मध्ये ४ घाइते एकको घटना स्थलमै मृत्यु भएको उनले जनाए । नेपालटारको बैदनाथखोला दुर्घटना भएकाे हाे । दुर्घटनामा कार कुच्चिएर पुर्ण क्षति भएकाे छ । घाईतेलाई उपचारका लागि विराटनगर तर्फकाे अस्पताल लगिएकाे बताईएकाे छ । मृतक तथा घाईतेकाे नाम, ठेगाना खुल्न बाँकि छ ।