
उदयपुर, जेठ ३ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरकाे उदयपुरगढी गाउँपालिकाकाे नेपालटारमा आज राती अन्दाजी ९:०० बजे दुर्घटना हुदा बिराटनगर महानगरपालिका -५ काे ३६ बर्षिय देबेन्द्र चापागाईकाे घटना स्थलमै म्रुत्यु भएको छ भने चारजना घाईते भएका छन् ।
घाईतेहरुमा साेहि ठेगानामा ३३ वर्षिय बिसाल राय ( टाउको र शरिरकाे बिभिन्न भागमा चोट), साेहिठाउँका २३ वर्षिय सुजन खतिवडा (टाउको र शरिरको बिभिन्न भागमा चोट), २७ वर्षिय सागर घिमिरे (टाउको र शरिरको बिभिन्न भागमा चोट) र साेहि ठाउँका ३७ वर्षिय सुरज पौडेल (टाउको र शरिरको बिभिन्न भागमा चोट) रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रदेश न ०१-०२५ च ७८१९ नम्बर को स्कोडा कार आफै अनियन्त्रित भई दुर्घटना भएकाे हाे । स्थानीय सन्ताेष निराैलाका अनुसार कारमा सबार ५ जना मध्ये ४ घाइते र एकको घटना स्थलमै मृत्यु भएकोमा स्थानीय र प्रहरिले उद्दार गरेकाे थियाे । नेपालटारको बैदनाथखोलामा माेडमा दुर्घटना भएकाे हाे । कार राेडमुनि खसेकाे छ । दुर्घटनामा कार कुच्चिएर पुर्ण क्षति भएकाे छ । घाईतेलाई उपचारका लागि विराटनगर तर्फकाे अस्पताल लगिएकाे छ ।
