Wednesday, June 24News That Matters

नेकपा एसको त्रियुगा १२ वडा कमिटी गठन, ३५ अन्य पार्टी प्रवेश

पूर्णपुष्टि, कार्तिक १६
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको त्रियुगा नगरपालिका वडा नम्वर १२ को वडा कमिटी प्रथमलाल चौधरीको अध्यक्षतामा गठन भएको छ । आज गाईघाटमा आयोजित एक कार्यक्रममा ५१ सदस्यीय वडा कमिटी गठन भएको हो ।

वडा कमिटीको उपाध्यक्षमा शिबकुमार चौधरी, जोहरा खातून सचिव निर्मला मगर सह–सचिव बिमला बिक र कोषाध्यक्ष पदमा सुनिता भगत सर्वसम्मत रुपमा चयन भएका छन । कमिटीमा करिब ६१ प्रतिशत महिलाहरुको प्रतिनिधित्व रहेको छ । कमिटीका सबैलाई एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य बलदेव चौधरीले शपथ ग्रहण गराउनु भएको थियो । सोही कार्यक्रममा एमाले र काँग्रेस परित्याग गरी आउने ३५ जनालाई पोलिटब्यूरो सदस्य चौधरीले स्वागत गर्दै सदस्यता प्रदान गर्नु भएको छ । कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी धारलाई पछ्याउँदै ओली एमालेले कम्युनिष्टको बदनाम गरेको धारणा व्यक्त गर्दै चौधरीले एकीकृत समाजवादीको गठन गर्नु परेको बताउनु भयो । दुर्गानन्द चौधरीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा जिल्ला तथा नगरका अगुवा कार्यकर्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका छन ।