Friday, June 19News That Matters

नेपालको रैथाने बाली कोदो : उत्पादन कम, आयात बढी

पूर्णपुष्टि, साउन १५ । नेपालको रैथाने खाद्य बाली मानिने कोदोको उत्पादन न्यून रहेको तर आयात बढ्दै गएको पाइएको छ। कृषि मन्त्रालयका अनुसार मुलुकका ७७ जिल्लामा कोदो खेती गरिए पनि उत्पादन अत्यन्तै कम छ। तर गत आर्थिक वर्षमा मात्रै नेपालले ७५ करोड ४१ लाख रुपैयाँ बराबरको कोदो आयात गरेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ।

कृषि अर्थशास्त्री अभिनाश सिलवालका अनुसार नेपालको रैथाने बालीलाई समयमै ब्रान्डिङ गर्न नसक्दा यस्तो अवस्था आएको हो। उनले भने, ‘हाम्रो सरकार र किसान दुवैको फोकस नगदे बाली र तरकारीमा मात्रै भयो, तर संसारभरि नै हुने कुरामा फोकस गरिएन, कोदो–फापरमा ध्यान दिइएन।
कोदो पौष्टिक खाद्यान्न मानिन्छ र यसमा चामल र मकैभन्दा ३५ गुणा बढी क्याल्सियम पाइन्छ। नेपालमा परम्परागत रूपमा कोदो मुख्यतः ढिँडो, रोटी, रक्सी र पशु आहारामा प्रयोग हुने गरेको छ।