
पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
नेपाली कम्युनिस्ट पार्टीले उदयपुर निर्वाचन क्षेत्र नं. १ मा बलदेव चौधरी र क्षेत्र नं २ बाट सुरे कुमार राई (हिमाल) लाई उम्मेदवार बनाएकाे छ ।
पार्टीले त्रियुगा नगरपालिकाका निबर्तमान मेयर चाैधरी र पूर्वप्रतिनिधिसभा सदस्य राईलाई उम्मेद्वार बनाएकाे हाे ।
पार्टीलाई उदयपुरकाे उम्मेद्वार टुङ्ग्याउन लामाे अभ्यास परेकाे हाे । उम्मेद्वार टुङ्गाे लागेसंगै भाेली मनाेनयन दर्ताकाे तयारीमा पार्टी जुटेकाे जनाएकाे छ ।
