Thursday, June 11News That Matters

नेपाल तरुण दलको बिषयमा छलफल गर्न देउवा र अध्यक्ष गुरुङ बिच भेटबार्ता

पूर्णपुष्टि, फागुन ३० ।नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङबिच भेटवार्ता भएको छ । सो भेटवार्तामा नेपाल तरूण दलको केन्द्रीय समितिको विषयमा छलफल भएको अध्यक्ष गुरुङले बताएका छन् ।

आज देउवा निवास धुम्बाराहीमा भएको भेटमा तरूण दल केन्द्रीय समिति विस्तारलाई अन्तिम रूप दिनेबारे छलफल भएको हो । तरूण दल, नेविसंघलगायत कांग्रेसका अधिकांश भ्रातृ संस्था केन्द्रीय समितिविहीन छन्।