Sunday, May 31News That Matters

नेशनल बक्सिङ च्याम्पियनसिप खेल्ने उदयपुरका ४ खेलाडीलाई विदाई तथा शुभकामना

पूर्णपुष्टि, कार्तिक २७
प्रकाश दाहाल स्मृति दोस्रो नेशनल बक्सिङ च्याम्पियनसिप खेल्न उदयपुरबाट कोच, टिम म्यानेजर सहित ६ जना खेलाडीहरु शनिवार काठमाण्डौँ प्रस्थान गरेको छ । खेलमा उदयपुरबाट कोच धन बहादुर मगर सहित टिम मेनेजर सुजन राई र खेलाडीहरु लक्ष्मण राई, अजित मगर, नारायण भुजेल र बोध राज खत्री खेलमा सहभागी जनाउन काठमाण्डौँ लागेका हुन् ।

उनिहरुलाई खेलको अग्रिम शुभकामना सहित उदयपुर बाट भव्य विधाई तथा शुभकामना प्रदान गरिएको छ । जिल्ला खेलकुद विकास समिति उदयपुरको प्राङगनमा खेलाडीहरुलाई स–सम्मानका साथ विदाई तथा शुभकामना व्यक्त गरिएको छ । जिल्ला खेलकुद विकास समिति उदयपुरका कार्यालय प्रमुख प्रकाश रामको उपस्थिति तथा युवा नेता राहुल यादवको अथित्यतामा खेलाडीहरुलाई विदाई सँगै आर्थिक सहयोग पनि गरेको छ ।खेलडीहरुको उच्च सम्मान आँट, साहस र जितको सफलताका लागि शसस्त्र प्रहरी वलका सई राम श्रेष्ठले रु ४ हजार र व्यवसायी वल बहादुर कार्कीले रु ३ हजार आर्थिक सहयोग समेत गर्नुभएको छ ।
युवा नेता यादवले खेलाडीहरुलाई गाडीको बन्दोवस्त समेत गरी सुरक्षीत पठाउने काम गरेको छ ।

यादवले खेलाडीहरु मेजर लिष्ट भएर आएको खण्डमा रु ५ हजार १ सय रुपयाँ त्रियुगा छैठ पुजा समितिको तर्फ बाट उपलब्ध समेत गराउने जनाएको छ । यादवले खेलमा सहभागी हुने खेलाडीहरुलाई जितको शुभकामना समेत व्यक्त गरे ।

यस्तै जिल्ला खेलकुद विकास समिति उदयपुरका प्रमुख प्रकाशराम राईले पनि खेलाडीहरुलाई जितको शुभकामना व्यक्त गरे । राईले प्रयासलाई राम्रो प्रदर्शन गरे जित अरुको पोल्टोमा नपर्ने भन्दै आफ्नो कला सिप र आँटलाई सक्दो प्रदर्शन गर्न समेत खेलाडीहरुलाई अनुरोध गरे । खेल यहि कार्तिक २९ गते काठमाण्डौँको सातदोबाटोमा हुने आयोजकले जनाएको छ ।