Wednesday, June 10News That Matters

नेशनल लाईफ गाईघाट शाखाद्धारा ५० बढी बिरामीलाई फलफुल बितरण

पूर्णपुष्टि, फागुन १० ।
नेशनल लाईफ इन्स्योरेन्स गाईघाट शाखाले आज ३६ औँ बर्षिकोत्सव मनाएको छ । सो अवसरमा शाखाले बिभिन्न कार्यक्रमहरु सँगै हस्पिटलमा रहेको बिरामीहरुलाई फलफुल समेत उपलब्ध गराएको छ । फलफलुल लिएर शाखा प्रमुख प्रेम कुमार राई सहितको टोली जिल्ला अस्पताल उदयपुर पुगेका थिए । राई लगायत शाखाका अन्य कर्मचारी बजार व्यवस्थाप सहित ९ जनाको टिम हस्पिटल पुगेका थिए । उनिहरुले त्यहाँ रहेको करिब ५५ जना बिरामीहरुलाई फलफुल वितरण गरेको हो । शाखा प्रमुख राईका अनुसार हस्पिटल सँग स्वीकृत लिएर उक्त कार्यमा आफ्नो टिम सहभागी रहेको जनाए । उनले अन्य बर्षहरुमा भन्दा यो बर्ष फरक किसिमले कार्यालयको बार्षिकोत्सव मनाएको समेत जनाए ।