Wednesday, June 10News That Matters

उदयपुरमा न्यायधिशकै सवारीले ठक्कर दिएपछि लुकाईएको त्यो गम्भीर दुर्घटना, फेसबुक पोस्टले खोल्यो रहस्य

पूर्णपुष्टि, फागुन १० ।
अदालत निष्पक्षताको एक सुन्दर पाटो हो । यसले हरेक मानिसलाई अन्यायबाट जोगाउँछ । कसैले गल्ती गर्दा पनि आफुले नै जित्न खोज्छ भने त्यो अन्तिम फैसालाको भागेदार अर्थात न्यायको भण्डारनै अदालत हुन पुग्छ र उसले त्यहाँबाटै न्याय प्राप्त गर्छ । तर नेपाली समाजमा यस्तो खाले न्यायको कतै महसुस छैन । सानालाई ऐन अनि ठुलालाई चयन भनेझै समाजका कम्जोर मानिसहरु अन्यायहरुको सँधै भागेदार हुन्छ । यस्तै घटना उदयपुरमा भर्खरै भएको खुल्न आएको छ । उदयपुर स्थित चुहाडेमा ६ गते शिवरात्रीको दिन एक ठुलो र्दुघटना भयो । त्यो दुर्घटना करिब ३ दिन सम्म गुपचुप अवस्थामै रह्यो । यस्तो ठुलो दुर्घटनालाई पनि लुकाउनुका मुख्य रहस्य थियो ठुलो भनौदाहरुले गराईएको दुर्घटना । सो घटना गएको तिन दिन अगाभै भएको पाईएको छ । शिवरात्रीका दिन विहान उक्त दुर्घटनामा परी कटारी , ३ का अजय श्रेष्ठ गम्भिर घाईते छन् । कटारी नगरपालिकाका सवैभन्दा पुराना चालक श्रेष्ठको अहिले विराटनगर स्थित न्युरो अस्पत्तालाम उपचार भईरहेको छ । गाईघाटबाट चुहाडे तर्प आईरहेको श्रेष्ठको प्रदेश नम्बर १– ०१–०५–००१ प ७०४४ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट गईरहेको प्रदेश नम्बर ०१–०२५ च ५००२ नम्बरको कारले ठक्कर दिएको थियो ।

ठक्कर दिने कार गाईघाट निवासी उच्च अदालत विराटनगरका न्यायधिस अम्बिका प्रसाद दाहालको रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयमा पटक पटक सम्पर्क गर्दा घाईतेको उपचार भईरहेको र आवश्यक अनुसन्धान भईरहेको जानकारी बाहेक अन्य कुनै कुरा प्रहरी बाट जानकारी छैन् ।
यता घाईतेका आफन्त विनोद राईले दुर्घटनापछी फोन आएपनि हिजोसम्म कोहि पनि अस्पत्ताल नपुगेको बताए । उच्च अदालत विराटनगरका न्यायधिस दाहालले आफ्नै घरमा पुराण भएकाले आफु जान नपाएपनि अन्य व्यक्तिहरुलाई पठाएको र घटनाको विषयमा जानकारी लिई आवश्यक उपचार गरिरहेको बताए । यत्रो दुर्घटना हुँदा पनि न्यायधिश भएकै कारण यी घटना प्रहरी बाट लुकाईएको स्थानीय तथा आफन्तहरुको आरोप छ । हरेक दुर्घटनाहरु प्रहरीले संञ्चारमाध्यममा समेत पठाउँदै आएका मध्य लुकाईएको उक्त घटना पनि हो ।

कटारी नगरपालिकाको सबै भन्दा पुरानो चालक कर्मचारी अजय श्रेष्ठ, दुर्घटनामा घम्भीर घाईते श्रेष्ठको अहिले न्युरो अस्पताल बिराटनगरमा उपचार भैरहेको परिवारले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट ढिलाई भएपनि यस्ता घटनाहरु प्रदेश बाट संञ्चार माध्यमलाई पनि आउने गरेको थियो । तर यो घटनाको भने कुनै जानकारी नआएपछि कुनै पनि जनताहरुले घटना बारे जान्न पाएन । आफन्तहरुले फेसबुकमा स्वास्थ्य लाभको कामना गर्दै जाने क्रममा उक्त घटनाको रहस्य खुलेको हो । श्रेष्ठ कटारी नगरपालिकाकै पहिलो र पुराना सवारी चालक रहेको कटारीका स्थानीय पत्रकार ऋषि राईले जानकारी दिए । राईको  अनुसार श्रेष्ठ नगरपालिका आउनु भन्दा अगाबैको सवारी चालक रहेको जनाए । श्रेष्ठ अहिले पनि उपमेयरको गाडी चलाउँछ राईले भने” “ जिल्ला प्रहरी कार्यालय उदयपुरलाई सम्पर्क गर्दा प्रष्ट जाकारीमा आनाकानी गर्दै उपचार भैरहेको मात्रै जनाएको छ । प्रहरीका अनुसार घाईतेको लगतार उपचार भएको र न्याधिश समेत बिरामी समक्ष पुगेको जानकारी दिए । उनको आईसियुमा उपचार भैरहेको प्रहरीको भनाई छ । आफन्तहरुका अनुसार बिभिन्न दवाव पश्चात अहिले दुर्घटनामा संलग्न रहेका न्याधिश बिरामी समक्ष पुगेको जनाए । तर पुगेपनि सकरात्मक ब्यवहार देखाउनुका साटो उल्टै बिरामीलाई दोष पोख्दै आएको जनाएको छ । स्थानीयहरुका अनुसार घाईतेको उपचार पनि राम्रो नभएको र सवारी चालकलाई समेत हाल सम्म पक्राउ नगरिएको जनाईएको छ ।

कटारीका कर्मचारी टिम सहितको टोली जिल्ला प्रहरी कार्यालय आउँदै

घटनाको बिरोध र सत्यतथ्य बुझ्न  कटारी नगरका कर्मचारी र अन्य टिमहरु जिल्ला प्रहरी कार्यालय आउने तयारी भैरहेको जनाईएको छ ।
कटारी नगरपालिकाका उपमेयर गिता खड्काले हिजो जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग कुरा गरी घटनामा दोषिले कार्वाही भोग्नु पर्ने र कानुन बमोजिम हुनुपर्ने बताएको जानकारी दिनुभयो । घटनापश्चात कटारी नगरपालिकाले पनि गम्भिर रुपमा चालकका विषयमा ध्यान नदिएको गुनासो आउन थालेको छ । उपचारका लागि अस्पत्ताल सम्म कोहि नपुग्नु र रकम समेत अभाव हुँदा समेत समस्या भएको बताईएको छ ।
कटारी नगरपालिकाका पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठले घटनाको तीनदिनसम्म पनि गुपचुप जस्तो वस्दा एउटा सोझो मान्छेलाई ठूलो समस्या परेको बताउनुभयो । “एकदम दुःख लागेको छ सवैले छानविन गरी न्याय दिलाउन पहल गर्नुपर्छ ।”श्रेष्ठले भन्नुभयो । त्यसैगरी पूर्व उपमेयर भिमकुमारी राउतले पनि श्रेष्ठ कटारी नगरपालिकाको पुरानो र कर्मठ मिहिनेति ईमान्दार चालक रहेको भन्दै यस दुखद घडीमा नगरले छिट्टै चासो नदेखाएको बताउनुभयो ।
घटना पश्चात संञ्चारमाध्यमहरुमा पनि समाचारहरु आउन नसक्नु र नगरपालिकाबाट पनि कुनै जानकारी सार्वजनिक नहुँदा समस्या झन बढेको गुनासो आउन थालेको छ । घटनाको दुईदिन पश्चात नगरपालिकाकै कर्मचारी हिरालाल अधिकारी दनुवारले सामाजिक संञ्जाल फेसबुकमा स्वास्थ्य लाभको कामना सार्वजनिक गरेपछी मात्रै अन्यले पनि संञ्जालमा पोष्ट गरेका थिए । अहिले सामाजिक संञ्जालमा आएका घटनाका फोटोहरु अनुसार कारले लेन पेलेर दुर्घटना गरेको जस्तो देखिएको स्थानीयको भनाई छ । घटनामा कारमा चालक को थियो भन्ने समेत यकिन हुन सकेको छैन् । न्याय दिने न्यायधिसको कारले भएको दुर्घटनाका कारण घटना गुपचुप पार्न खोजिएको त हैन भन्ने आशंका समेत वढेको घाईते श्रेष्ठका छिमेकीहरु बताउँछन् ।