Wednesday, June 10News That Matters

उदयपुरमा किरात राई कर्मचारी मन्चको स्वागत तथा वनभोज कार्यक्रम भव्य

पूणर्पुष्टि, फागुन १० । उदयपुरमा किराँत राई कर्मचारी संगठनले नयाँ कर्मचारीहरुलाई स्वागत सँगै वनभोज सहितको भव्य कार्यक्रम आयोजना गरेको छ । मंगलबार गाईघाट स्थित चप्पन पिकनिक स्पोर्टमा कार्यक्रमको आयोजना गरेको हो । किराँत कर्मचारी संगठन जिल्ला कार्यसमिति उदयपुरको आयोजनामा प्रदेश सांसद राजन किराँती, स्थानीय तहका जनप्रतिनिधिहरु महेश्वरी राई र मानवहादुर राई, संगठनका केन्द्रीय माहासचिव अनिल किराती, सदस्य योग्यप्रसाद राई र किराँत राई यायोख्खाका पदाधिकारीहरु लगायतको उपस्थितिमा भव्य कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आठओटै स्थानीय तहका किरात कर्मचारीहरुको सहभागीता रहेको थियो । वनभोज कार्यक्रमकै अवसर पारी नव प्रवेशी किरात राई कर्मचारीहरुलाई स्वागत तथा सम्मान समेत गरियो ।

किरात राईहरुलाई लोकसेवामा सक्दो प्रवेश गराउने र त्यसवारे प्रशिक्षण तथा सहजीकरणको मुख्य उदेश्य सहित उक्त संगठन निर्माण गरिएको केन्द्रीय माहासचिव अनिल किरातीको भनाई छ । यस संगठनले निजामति कर्मचारीको उच्च मनोवल बढाउनका साथै आगन्तुक नयाँहरुलाई थप नयाँ जानकारी उपलब्धी मुलक क्रियाकलापका लागि किरात राईहरुको उदेश्य अनुरुप काम गर्ने राईले जनाए । हाल किराँत राई कर्मचारी संगठनको जिल्ला अध्यक्षमा विश्वजित राई रहेको छ ।