
पूर्णपुष्टि,फागनु ९ । यात्रुबाहक बसमा काठमाडौबाट गाईघाट आउँने क्रममा गाडी सवार दुई युवालाई बेहोस बनाई ४ तोला सुन चोरी भएको छ । काठमाडौँबाट सोमबार बेलुकी प्रदेश ०३–००१ ख २५८० नम्बरको प्राईम डिलक्समा सवार गरी गाईघाट आएका ३८ वर्षे ल्होदोर्ची शेर्पा र रौतामाई गाउँपालिका घर भएका ५५ बर्षे नुर्बु छिरिङ शेर्पालाई बेहोस बनाई नगद सहितको सुन लुटिएको हो ।
उक्त गाडि गाईघाट आईपुग्दा दुवै जना बेहोस अवस्थामा रहेको थियो । यता शेर्पाको परिवारले आफन्त सम्पर्कमा नआएपछि गाईघाटको त्रियुगा बस पार्कमा ९ बजे आएर गाडि कतिबेला आईपुग्ने हो भन्ने जानकारी लिए । लामो समय बस पार्कमा आफ्नो परिवारको पर्खाईमा रहेका आफन्तहरुले ६ बजे गाडि आई सहेको जनाकारी पाए । उक्त जानकारी पाए लगतै गाडि पहिचान गरी आफन्तलाई लिन जाँदा गाडि भित्र बेहोस अवस्था भेटिएको परिवार श्रोतले जनाएको छ । उनीहरुले आत्तीदै तत्काल प्रहरीलाई खबर गरे त्यस लगतै प्रहरी आएर घाट्नाको अवस्था बुझ्दै बेहोस अवस्थामा भएकालाई जिल्ला हस्पिटल ल्याईयो । उक्त समान कस्ले चोरी गर्यो भन्न यकिन भएको छैन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्राईम डिलक्स गाडि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

