
पूर्णपुष्टि, बैशाख २६
नेपाली काग्रेसका महामन्त्री गगन थापाले नेपाल कम्युनिष्ट पार्टीको सरकारले ५ वषमा टाउकोले टेकेर उल्टो हिडेका बताउनुभएको छ । नेपाली काग्रेस त्रियुगा नगरकमिटिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले विगतमा जनतालाई स्थिर सरकार दिने भनेर कम्युनिष्टले चुनाव जितेपनी जनतासँग गरेको वाचा पुरा नगरेको बताउनुभयो ।
थापाले भन्नुभयो “केपी ओलीले प्रचन्ड, माधव लगाएतलाई पाखा लगाउन खोज्ने बहानामा पटकपटक संसद विघटन गरी जनताको विश्वाश तोडेको हुन् । “महामन्त्री थापाले केपी ओलीले ५ वर्ष गफ गरेर बिताएकोले अब विकासका लागी नेपाली काग्रेसलाई भोटदिनुपर्ने भन्दै मत माग्नु भएको थियो । सो कार्यक्रममा त्रियुगा नगरपालिकामा नेपाली काग्रेसका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका बसन्त बस्नेत र उपप्रमुखमा उम्मेदवारी दिनुभएकी सरिता राईले आफ्ना प्रतिवद्धता पेश गर्नुभएको थियो ।
