Thursday, June 11News That Matters

२५०० मत अन्तरले जित्छु : नरेन्द्र कु. राउत

पूर्णपुष्टि, बैशाख २६

उदयपुरको चौदण्डीगढी नगरपालिकाको प्रमुख पदका लागी माओवादी र एकिकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिनुभएका नरेन्द्र कुमार राउतले २५०० भन्दा बढी मत अन्तरले जित्ने बताउनु भएको छ ।
चौदण्डीगढीनगरका जनताले आफुलाई प्रमुख बन्न अनुरोध गरेकोले यो चुनावमा आफुले जित सहजै निकाल्ने भन्दै राउतले चौदण्डीगढीलाई पर्यटकीयस्थल बनाउने धारण राख्नुभयो । आफुले भ्रष्टचार नगर्ने भन्दै विकासका लागी आफु उम्मेदवार बनेको भन्दै उँहाले भन्नुभयो “सुशोसन र विकास नै गठबन्धनको एजेन्डा भएकाले जनताको गठबन्धनलाई विश्वाश गरेर भोट दिनुहुन्छ ।” प्रमुख पदका उम्मेदवार राउतले आफुले जितेपछी चौदण्डीगढीलाई पर्यटकको गन्तव्यस्थल बनाउने समेत बताउनुभएको थियो ।