Monday, April 20News That Matters

न्वागीमा विदा दनुवार जागरण समितिकाे प्रदेश सरकारमा माग

पूर्णपुष्टि/उदयपुर, कार्तिक २७ ।
दनुवार जागरण समितिले मंसिर २५ गते आफ्ना समुदायकाे पर्व न्वागी मनाउने र उक्तदिन सार्वजनिक बिदा हुनुपर्ने माग काेशी प्रदेश सरकारसंग राखेकाे छ ।
मुख्यमन्त्री, विभागीय मन्त्रि, सभामुख र उपसभामुखसंग भेटगरी यस्ताे माग राखेकाे हाे ।
जागरण समितिका प्रदेश, जिल्लाका पदाधिकारी, दनुवार जनप्रतिनिधि तथा दनुवार समुदायमा अगुवाकाे एकटाेली विराटनगर पुगि आफ्नाे माग राखेकाे हाे ।
उदयपुरकाे स्थानीयतहमा भने सार्वजनिक विदा पाउने कुरा भईसकेकाे बताईएकाे छ ।