
पूर्णपुष्टि/उदयपुर, कार्तिक २७ ।
भाेलीदेखि बेल्टारमा सञ्चालन हुने जिल्ला स्तरीय ब्याड्मिन्टन प्रतियाेगिताकाे तयारी पूरा भएकाे छ ।
आयाेजक कमिटिका सदस्य देविराज राईका अनुसार भाेलीदेखि दुईदिनसम्म महिला सिङ्गल, मेन्स डबल्स (बी लेभल) र भेट्रान्स गरि तीन ईभेन्टसका खेलहरु हुनेछन् । खेलका लागि सबै तयारी पूरा भईसकेकाे जनाईएकाे छ । असी टिमभन्दा बढि खेलाडी सहभागी हुने आयाेजकले जनाएकाे छ ।
यसअघि अण्डर १५ महिला र पुरुषकाे सेमी फाईनलसम्मका खेल भईसकेकाे छ । अहिलेकाे प्रतियाेगिताकाे फाईनलसंगै अण्डर १५ काे फाईनल हुने छ ।
भाेलीदेखिकाे खेल साैहाद्रपूर्ण वातावरणमा राेचक र प्रतिष्प्रर्धात्मक हुने आयाेजकले जनाएकाे छ । खेलमा जिल्लाकाे विभिन्न ठाउँ र क्लवकाे सहभागिता रहनेछ ।
