Tuesday, June 9News That Matters

पढाउने बाहानामा २ किशोरीलाई बन्धक बनाई जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ

पूर्णपुष्टि, चैत्र ११

पढाउने भन्दै गाउँबाट बजार ल्याएर बन्धक बनाई जबरजस्ती करणी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्धक बनाइ जबरजस्ती करणीको आरोपमा रुकुमको २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम जिल्लाका २३ र १४ बर्षिय युवा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक गणेश बहादुर श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार २३ बर्षिय युवा एम्वुलेन्स चालक रहेको खुलेको छ । श्रेष्ठले भन्नुभयो, ‘उनीहरुले गाउँबाट पढाइदिन्छु भन्दै ल्याएर बन्धक बनाएका रहेछन्, हामी थप अनुसन्धान गर्दैछौँ ।’  चैत १ गते जिल्लाको भूमिगाउँबाट किशोरीहरुलाई एम्बुलेन्स चालक र अर्का युवकले  पढाइदिने भन्दै रूकुमकोट बजारमा ल्याएका थिए । उता घरतिर कुनै खवर नगरी युवतीहरू हराएपछि परिवारमा हल्लीखल्ली भयो । घरबाट हराएका ती किशोरीहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबारमात्र प्रहरीमा आफन्तको निवेदन परेको थियो ।

किशोरीलाई २३ वर्षीय युवकको कोठामा बन्धक बनाएर जबरजस्ती करणी गरेको अवस्थामा फेला पारी उद्दार गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

किशोरीहरुलाई ल्याएपछि पढाउने व्यवस्थाको साटो बन्धक बनाएर करणी गर्न थालिएको पीडित किशोरीले प्रहरी सामु बयान दिएका छन् ।

चैत १ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै किशोरीहरूमाथि करणी हुँदै आएको अनुसन्धानबाट खुल्न आएको डीएसपी श्रेष्ठले बताउनभयो ।