Monday, July 6News That Matters

बंगलादेशमा २१ वर्षपछि प्रधानमन्त्री हसिनाको हत्या प्रयास गर्ने १४ लाई मृत्युदण्ड

पूर्णपुष्टि,चैत ११

बंगलादेशमा बम राखि प्रधानमन्त्री शेख हसिनाको हत्या प्रयास गरेका १४ इस्लामिक चरमपन्थी लडाकुलाई बंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । सन् २००० मा हसिनाको हत्याको प्रयासमा एक बम आक्रमण भएको थियो । हसिनाले लिएको धर्मनिरपेक्षताको नीतिको विरोधमा इस्लामिक कट्टरपन्थी समूहले हसिनाको हत्याको प्रयास गरेको हो ।

विशेष अदालतको न्यायाधीश अबु अब्दुल्लाह भुइल्यानले १४ जना नै राजद्रोह र आपराधिक गतिविधिको मुद्दामा दोषी पाइएको बताउनुभएको छ । उनीहरु सबै हर्कत उल जिहाद अल इस्लामि संगठनका लडाकुहरु रहेको न्यायाधीशले बताउनुभएको छ ।

बंगलादेशको विशेष अदालतले सजाय सुनाएका १४ मध्ये नौजना अहिले बंगलादेशको जेलमा छन् भने बाँकी पाँचजना फरार रहेका छन् ।