Tuesday, June 9News That Matters

सिरक डसना उद्योगमा आग्जनी हुँदा ७ लाख क्षति

पूर्णपुष्टि,चैत ११

भरतपुरको एक सिरक डसना उद्योगमा आज आग्जनी भएको छ । महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् र्सट भइ आग्जनी भएको हो ।

आग्जनीबाट कपास निर्माणका लागि ल्याइएका पुराना कपडा र यन्त्रमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ । आग्जनीबाट रु सात लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बिहान ९ बजे आग्जनी भएकोमा आधा घण्टापछि मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा आएको थियो ।