
पूर्णपुष्टि, माघ २३
नेपालमा भित्र्याउन लागेको एमसीसी एथास्थितिमा स्वीकार गर्न नमिल्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जनाएको छ । श्रेष्ठले उनले एमसीसी जस्ताको तस्तै स्वीकार गर्न नमिल्ने भन्दै यो अडान पार्टीले निरन्तर राख्ने जनाए ।

उनले हालको सरकार गठबन्धनको सरकार रहेकाले एमसीसीकै कारण गठबन्धन नटुटोस भन्ने आफुहरुको चाहाना रहेकाले यस्लाई जस्ताको तस्तै स्वीकार नहुने श्रेष्ठले जनाए ।
उनले अन्य पार्टीहरुले जे भने पनि आफुहरुले भने यसलाई परिमार्ज गरेर मात्र स्वीकार गर्नु पर्ने अडान राखेको जनाए । नेता श्रेष्ठले कांग्रेस पहिले देखीनै यसलाई जस्ताको तस्तै स्वीकार गर्नु पर्ने पक्षमा रहेको समेत जनाए ।

नेता श्रेष्ठले एमसीसी पास गर्न नमिल्ने भन्ने त हईन तर नेपाल र नेपाली जनताहरुको हितमा छ या छैन् भन्ने कुरालाई अत्यादिक ध्यान दिएर अनुसन्धान गर्नु पर्नेमा जोड गर्न महत्वपूर्ण बिषय रहेको जनाउँदै सोहि अध्यानमा माओवादी केन्द्र लागिरहेको जनाए । छलफल गर्दै जाँदा कुनै प्रस्ताव सकारात्मक लाग्यो भने त्यसलाई स्वीकार गर्ने एउटा विषय भएपनि यो तत्कालको लागि सम्भावन नरहेको नेता श्रेष्ठले बताए ।

